धेरैपछि बजारमा हरियाली, कारोबार रकम भने ५ अर्बमै खुम्चियो

वि.सं.२०७८ असोज १३ बुधवार

काठमाडौँ । बुधबार आज सेयर बजारमा धेरैपछि हरियाली छाएको छ । आज नेपालको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा वृद्धि भएको हो । यो दिन नेप्से ५०.५८ अंकले बढेको छ ।
आज १.९३ प्रतिशतले बढेको नेप्से २६६५.९४ बिन्दूमा पुगेको छ ।
आजको दिनमा कारोबारमा आएका २२९ कम्पनीको ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार बराबरको कारोबार भएकोछ ।
आज एपीआइ पावर कम्पनी र ग्रिन डेभलपमेण्ट बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
२०७८ असोज १३ गते प्रकाशित

प्रकाशित समय : १५:४६ बजे