back

मासिक उपचार खर्च दिने व्यवस्था गरेकामा अर्थमन्त्री शर्मालाई मेरुदण्ड पक्षघात समूहकोे धन्यवाद

काठमाडौँ । प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकोमा मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । आइतबार अर्थ मन्त्रालयमा मन्त्री शर्मालाई भेटी समूहले धन्यवाद दिएको हो ।

भेटमा मन्त्री शर्माले सबै नागरिकको अभिभावक राज्य भएकाले दायित्व बोधका साथ मासिक उपचार खर्चको व्यवस्था बजेटमा गरिएको बताए । उनले केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजाने समेत आश्वासन दिए ।

‘आजदेखि बजेटमा व्यवस्था गरिएका विषयको कार्यविधि बनाउने बारे छलफल थालेका छौँ’, उनले भने, ‘अब एक÷दुई दिनभित्रै सरोकारवाला निकाय र तपाईँहरूलाई समेत राखेर छलफल गरी कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजान्छौँ । आगामी दिनमा यो सुविधा कसैले काट्न सक्दैन ।’
मन्त्री शर्माले कार्यान्वयनका विषयमा ढुक्क हुन पनि आग्रह गरे ।

मेरुदण्ड पक्षघात समूह नेपालका अध्यक्ष ऋषि ढकालका अनुसार हाल नेपालमा करिब पाँच हजार स्पाइनल कर्ड इन्ज्यूरी भएका व्यक्ति रहेका छन् । उनीहरूमा घाइते भएपछि मानसिक विक्षिप्तता आउने र समाजमा अर्को दर्जाको नजरले हेर्ने प्रचलन रहेको भन्दै अध्यक्ष ढकालले मासिक भत्ताले समाजमा पुनस्र्थापना हुन टेवा पुग्ने बताए ।

‘इन्ज्यूरी भएपछि समाज र परिवारको बोझ भएँ भनेर मानसिक रूपमा कमजोर भएकाहरूलाई बलियो बनाउने काम भत्ताले गर्छ’, उनले भने, ‘हाम्रो सुझाव र मागलाई अर्थमन्त्रीज्यूले सम्बोधन गरिदिनुभयो, यसका लागि हाम्रो समूह र मुलुकभर रहनुभएका सम्पूर्ण स्पाइनल कर्ड इन्ज्यूरी भएकाहरूको तर्फबाट धन्यवाद छ ।’

भेटपछि कायान्वयनको पक्षमा आफूहरूको आशंका समेत हटेको बताउँदै अध्यक्ष ढकालले अर्थ मन्त्रीको आश्वासनले आफूहरू हर्षित र सुन्तुष्ट भएको बताए ।

स्पाइनल कर्ड इन्ज्यूरी भएको व्यक्तिले अवस्थाअनुसार नियमित उपचारमा फरक खर्च हुने समूहका महासचिव केशव थापाले बताए । उनका अनुसार पछिल्लो समय ४५० जनामा गरिएको अध्ययनले ५ देखि ८ हजारसम्म मासिक खर्च लाग्ने ५५ प्रतिशत रहेका छन् । बाँकी ४५ प्रतिशतलाई ५ हजारभन्दा कम लाग्ने अध्ययनले देखाएको छ ।
स्पाइनल इन्ज्यूरी भएको बिरामीलाई नियमित रूपमा बउल ब्लाडर, सीवाइसी पाइप, युरिन ब्यागलगायतका सामग्री अवस्थाअनुसार आवश्यक पर्छ ।

२०७८ असोज १० गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...