back

ललितपुरका सम्पदामा कानुनी जटिलता, पर्यटन प्रवद्र्धनमा बाधा

nactional life

काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रमुख चिरिबाबु महर्जनले नेपालको ऐतिहासिक सम्पदा संरक्षणमा कानुनी जटिलताले पर्यटन क्षेत्रमै असर पारेको बताएका छन् ।

अन्तर-सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले राजधानीबाट बाहिरिने सडकको अवस्था नै कमजोर रहेको उल्लेख गर्दै पर्यटन विकासका लागि पूर्वाधार सुधार अपरिहार्य रहेको बताए ।

‘काठमाडौंबाट जाने व्यक्तिहरुले राम राम भन्दै जानुपर्छ, किनभने बाटोको अवस्था निकै खराब छ,’ उनले भने । उनका अनुसार सार्वजनिक खरिद ऐन २०६३ ले विशेषगरी सम्पदा संरक्षणका कामलाई जटिल बनाएको छ । ललितपुर जस्तो ऐतिहासिक सहर, जसको पाटन दरबार स्क्वायर सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ, त्यहाँका पुनर्निर्माण तथा संरक्षण कार्य प्रभावित भएको उनले बताए ।

महर्जनले शंखमूलस्थित जगतनारायण मन्दिरको उदाहरण दिँदै ठेक्का प्रक्रियाको कमजोरीले काम अलपत्र परेको बताए । कम मूल्यमा ठेक्का लिएपछि ठेकेदार घाटामा जाने भएकाले कामै नगर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

‘यो सार्वजनिक खरिदारी ऐन २०६३ मा आमूल परिवर्तन गर्नुपर्छ । यही अन्तर्गत सम्पदाको काम पनि गर्नुपर्छ । ललितपुर महानगरपालिका सम्पदाको शहर हो । १९७९ देखि विश्व सम्पदा सूचीमा राखिएको छ तर हाम्रो पाटन दरवार स्क्वायरको कुनैपनि काम यदि यहि ऐन अन्तर्गत गर्न पर्यो भने त्यसको हबिगत के होला ।’

उनले स्थानीय तहले प्रत्यक्ष रूपमा काम गर्दा भने राम्रो नतिजा आएको दाबी गरे । ‘पाटन दरवार स्क्वायरको जतिपनि मन्दिरहरु छन् हामी स्थानिय जनप्रतिनिधीहरुकोमा आइसकेपछि सबै मन्दिरहरु हामीले बनायौं । काम गर्दा हामीले नेपाल सरकारसँग पैसा लिएनौ । त्यसकारणले गर्दा राम्रो काम गर्न पायौं । किनभने त्यहाँ सार्वजनिक खरिदारी ऐन २०६३ लागु भएन,’ उनले भने।

महर्जनले सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाउन सार्वजनिक खरिद ऐनमा छुट्टै व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार सम्पदासम्बन्धी काममा सामान्य ठेक्का प्रक्रिया लागू हुँदा ऐतिहासिक महत्वका संरचनाहरू जोखिममा पर्ने खतरा बढेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:५६

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा...

नेपाली नागरिकका लागि श्रीलंकाको ३० दिने निःशुल्क पर्यटक भिसा घोषणा

नेपाली नागरिकका लागि श्रीलंकाको ३० दिने निःशुल्क पर्यटक भिसा घोषणा

वि.सं.२०८३ जेठ १३ बुधवार १६:१०

काठमाडौं । काठमाडौं स्थित श्रीलङ्काली दूतावासले नेपाली नागरिकहरूका लागि निःशुल्क...

चीनमा नेपालको ‘वेलनेस टुरिजम’बारे चर्चा, नेपाल घुम्न निम्ता

चीनमा नेपालको ‘वेलनेस टुरिजम’बारे चर्चा, नेपाल घुम्न निम्ता

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:१६

काठमाडौं । जीआइटीएफ २०२६ (गुआंगझौ अन्तर्राष्ट्रिय यात्रा मेला)को पूर्वसन्ध्यामा नेपालले...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:१३

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

अप्रिलमा १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिए

अप्रिलमा १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिए

वि.सं.२०८३ वैशाख २२ मंगलवार १८:५२

काठमाडौं । सन् २०२६ अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन अपेक्षाभन्दा...

‘भानु साहित्य उद्यान’ निर्माणले विश्वभरका नेपालीभाषीलाई जोड्ने, पर्यटनलाई टेवा पुग्ने

‘भानु साहित्य उद्यान’ निर्माणले विश्वभरका नेपालीभाषीलाई जोड्ने, पर्यटनलाई टेवा पुग्ने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४०

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र उनको जन्मथलो...