back

फर्कियो इटलीबाट वाइडबडी जहाज, नियमित जापान उडान गर्ने

काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–ए.एल.वाई बिहीबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार एउटा वाइडबडी जहाज बिहान ८ः३६ मा एअरपोर्टमा अवतरण गरिएको हो । गत २२ जुनमा सीचेक (हवाईजहाजको प्राविधिक जाँच) का लागि इटालीमा पठाइएको थियो ।

निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य व्यवस्थामा आएका छन् । राष्ट्रिय ध्वजाबाहक निगमसँग अन्तर्राष्ट्रिय उडानमा चार वटा जहाज छन् ।

यो जहाज उडानमा आएसँगै जापान उडानलाई पुनः निरन्तरता दिने निगमका अधिकारीहरुले बताए । अगस्ट २९ बाट जहाज अभावमा जापान उडानलाई स्थगित गरिएको थियो ।

तर निगमको अर्को वाइडबडी जहाज के.एलवाई सीचेकका लागि इटालीमै अझै छ । सो जहाज एक महिनापछि आउने तालिका रहेको निगम स्रोतले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको जीडीपीमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत योगदान

नेपालको जीडीपीमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत योगदान

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३९

काठमाडौं । नेपालमा आन्तरिक पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित...

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

वि.सं.२०८३ असार ७ आइतवार १४:४१

दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो। दूधकुण्ड...

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

वि.सं.२०८३ असार ३ बुधवार १८:३५

काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण...

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२१

काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने...

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:४९

पोखरा । गण्डकी प्रदेशको राजधानी एवं मुलुकको प्रमुख पर्यटकीय राजधानी...

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३९

इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला...