back

शनिबार भक्तपरमा वः फेस्टिबल, नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्य

nactional life

भक्तपुर । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ २६ गते शनिबार मध्यपुर थिमि नगरपालिकामा वः फेस्टिभल तथा ग्रीन भेजिटेबल एक्सपो-२०२४ आयोजना हुने भएको छ ।

मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिको आयोजनामा मेला आयोजना हुन लागेको हो ।

मध्यपुरथिमि नगरपालिकाको मध्य भाग अर्थात् वडा नं ७ नगदेशको प्रांगणमा मेला आयोजना हुनेछ । विहान १० बजेदेखि बेलुकाको ७ बजेसम्म सञ्चालन हुने मेलामा काठमाडौँ उपत्यकाका ख्यातीप्राप्त १८ वटा नेवारी रेष्टुराँ तथा स्थानीय किसान तथा आमा तथा महिला समुहलगायतका विभिन्न ग्रीन भेजिटेबल र विभिन्न परिकारका नेवारी खाना उपलब्ध हुने आयोजक समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए ।

उनका अनुसार मेलामा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरणका लागि पनि प्रदर्शनी कक्ष राखिनेछ । मेलामा नेवारी रेष्टुराालगायत स्थानीय किसान र आमा तथा महिला समूहको मेहनत खेल नजाओस भन्ने उद्देश्यले स्थानीय विद्यालय, कलेज तथा सहकारी तथा अन्य संघसंस्थालाई चार लाख रुपैयाँभन्दा बढीको अग्रीम कुपन बिक्री समेत भइसकेको समितिले जनाएको छ ।

मेलामा विभिन्न वःका परिकार उपलब्ध हुनेछन् । अध्यक्ष प्रजापतिका अनुसार नेवा समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि श्राद्धसम्म, विभिन्न चाडपर्व मनाउन र देवी देवतालाई चढाउन वःका परिवारको प्रयोग गरिन्छ । केही खान मिल्ने वःमा माय् वः, मुँ वः, मुसू वः, भुति वः, तरकारी वः, ला वः/लापी वः, खें वः ख्वल्चा वः, भु वः/तःपा वः, सू वः/बारा वः का नामले पनि चिनिन्छ । बार वःका कारण नेवारी परिकार बारा प्रसिद्ध भएको पाइन्छ । समितिका अनुसार कतिपय वः खानाका परिकारका रुपमा लिइँदैन ।

लिच्छिवी र मल्लकालदेखि नेवार समुदायका विभिन्न चाडबाडमा र जीवनका विभिन्न सुख दुःखमा वःको प्रयोग गरिन्थ्यो । मेलामा वःको ऐतिहासिक, सामाजिक र स्वास्थ्यका लागि के कति महत्वबारे पनि जानकारी दिइनेछ । वःका परिकारबारे मेलाका अवसरमा विज्ञहरुले कार्यपत्र समेत प्रस्तुत गरिनेछ ।

मेलाले मध्यपुरथिमिको पर्यटन तथा आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । नेवार समुदायको विशेष चाड सिथिनखःको अवसरमा आयोजना हुन लागेको मेलामा मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ पिसेर अण्डा, माछा, मासु तथा मरमसला मिलाई टावामा विभिन्न आकार बनाई पकाइने विशेष परिकार समेत प्रस्तुत गरिने समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए ।

मध्यपुरमा गत वर्ष पनि वः फेस्टिभल आयोजना गरिएको थियो । मेलाका लागि नगरपालिकाले छ लाख रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ । साथै व्यवसायीहरूले स्वस्फूर्त रुपमा दुई लाख रुपैयाँ सहयोग गरी कुल आठ लाख रुपैयाँ लागतमा मेला सम्पन्न गरिने मेला संयोजक बिक्रम बाडेले बताए ।

मध्यपुरमा रहेका प्राकृतिक सौन्र्दयता, विभिन्न पर्यटकीय आर्कषण कला संस्कृति र सम्पदा, कलात्मक मठ मन्दिर, पाटी पौवा, सत्तल, बिहार र कैयौं उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुत्ताको बस्ती र स्मारक क्षेत्र देश विदेशमा पु¥याई पर्यटकलाई आकर्शित गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने समितिले जनाएको छ ।

समितिका अनुसार, मध्यपुरमा भएको माटोको भाँडो बनाउने, सेरामिक्स र अनेकौं हस्तकलालाई संरक्षण गरी मध्यपुरलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित मेला आयोजना गरिएको हो ।

यसै सिथिनखःबाट मध्यपुर थिमिका जनताबाट सेवा प्रदान गरी मध्यपुरबासीले गर्ने सम्मान, सत्कार र संस्कार समेतको पहिचान नेपाल भित्रिएका विभिन्न देशका पर्यटकलाई तथा आन्तरिक पर्यटकलाई देखाउनका लागि मेला आयोजना गरिएको समितिको भनाइ छ । वः खाने प्रचलन मल्लकालबाट सुरु भएको मान्यता छ ।

भक्तपुरको तलेजु भवानीलाई चढाइने ८४ प्रकारका रोटीमध्ये वः का विभिन्न प्रकार पनि समावेश गर्ने प्रचलन छ । माय वः, मुं वः, मुसू वः, कःसू वः, भुति वः, मुस्या वः, चिचिन्दा वः लगायतका वःहरु तलेजु भगवानलाई चढाउने गरिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनमा नेपालको ‘वेलनेस टुरिजम’बारे चर्चा, नेपाल घुम्न निम्ता

चीनमा नेपालको ‘वेलनेस टुरिजम’बारे चर्चा, नेपाल घुम्न निम्ता

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:१६

काठमाडौं । जीआइटीएफ २०२६ (गुआंगझौ अन्तर्राष्ट्रिय यात्रा मेला)को पूर्वसन्ध्यामा नेपालले...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:१३

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

अप्रिलमा १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिए

अप्रिलमा १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिए

वि.सं.२०८३ वैशाख २२ मंगलवार १८:५२

काठमाडौं । सन् २०२६ अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन अपेक्षाभन्दा...

‘भानु साहित्य उद्यान’ निर्माणले विश्वभरका नेपालीभाषीलाई जोड्ने, पर्यटनलाई टेवा पुग्ने

‘भानु साहित्य उद्यान’ निर्माणले विश्वभरका नेपालीभाषीलाई जोड्ने, पर्यटनलाई टेवा पुग्ने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४०

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र उनको जन्मथलो...

जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने

जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:२९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:००

काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक सञ्चालनको...