back

मौसम खुलेपछि मन्थली-लुक्ला उडान सुरु

मन्थली । एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आईतबार बिहानबाट मौसम खुलेपछि मन्थली-लुक्ला उडान सुरु भएको छ ।

यसअघि लुक्लामा भएको खराब मौसमका कारण सीता, तारा र समिट एयरका जहाज मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ भएका थिए ।

सो समयमा खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिमार्फत सोलुकै सुर्केमा पुर्याइएको थियो भने सडकमार्गबाट सोलुको फाप्लुसम्म लैजाने गरिएको थियो ।

आज बिहान ६ बजेदेखि जहाजका लागि लुक्लामा राम्रो मौसम भएका कारण उडान सुरु भएको तारा एयर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले बताए ।

मौसम खुलेपछि बिहानैदेखि काठमाडौंबाट सडकमार्ग हुँदै विदेशी पर्यटक मन्थली ल्याउने क्रम जारी छ ।

लुक्लाको मौसमले साथ दिएसम्म आज दिनभर जहाज आलोपालो प्रणालीद्वारा मन्थलीबाट लुक्ला उडान भरिरहने नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईँले बताए ।


कालीगण्डकी करिडोरका पर्यटनकर्मीलाई `पर्यटकमैत्री सेवा´ सम्बन्धि तालिम

कालीगण्डकी करिडोरका पर्यटनकर्मीलाई `पर्यटकमैत्री सेवा´ सम्बन्धि तालिम

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:०२

म्याग्दी । म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीहरुलाई दुई दिने `पर्यटकमैत्री सेवा´...

सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना, के छ साल्पा सिलिचुङको साँस्कृतिक महत्व ?

सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना, के छ साल्पा सिलिचुङको साँस्कृतिक महत्व ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:२६

काठमाडौँ । सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा–सिलिचुङ क्षेत्र तथा...

१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:४८

काठमाडौं ।  पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट...

आजदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला हुने

आजदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला हुने

वि.सं.२०८१ वैशाख १ शनिवार ०९:५९

काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग...

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

वि.सं.२०८० चैत २८ बुधवार १२:३७

आँबुखैरेनी । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित...

पर्यटकीय राजधानी पोखरा भित्रने पर्यटकको तथ्याङ्क नै छैन

पर्यटकीय राजधानी पोखरा भित्रने पर्यटकको तथ्याङ्क नै छैन

वि.सं.२०८० चैत २० मंगलवार २१:०४

पोखरा । पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन...