back

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

nactional life

इलाम । पूर्वी पहाडकी रानी मानिने इलामले आगामी जेठ तेस्रो साता नेपाल र भारतका पर्यटन सारथीहरूलाई एउटै मञ्चमा विमर्श गराउने भएको छ ।

पूर्वी नेपालको दीगो पर्यटन, संवेगात्मक वातावरण संरक्षण र रैथाने स्थानीय पहिचानलाई विश्व बजारमा ब्राण्डिङ गर्ने उद्देश्यका साथ इलाममा ‘केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३’ आयोजना हुने भएको हो ।

आगामी जेठ २३ र २४ गते इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा सञ्चालन हुने यस वृहत् सम्मेलनबारे आयोजकले जनाएको छ । पर्या–पर्यटन र जिम्मेवार पर्यटनको बहस सुस्ताइरहेका बेला पूर्वी नेपालका सरोकारवालाहरूले भूगोल र पर्यावरणलाई जोड्ने नयाँ कडीको रूपमा यो बहसको सुरुवात गर्न लागेका हुन् ।

नेपालकै सबैभन्दा होचो भूभाग झापाको केचना (समुद्र सतहबाट ५८ मिटर) र विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा (८,५८६ मिटर) लाई एउटै पर्यटकीय करिडोरका रूपमा विकास गर्ने बिलकुलै नयाँ अवधारणा यस कार्यक्रमको मुख्य केन्द्रविन्दु रहेको छ ।

आयोजक समितिका सहसंयोजक देवीप्रसाद पौडेलका अनुसार, जैविक विविधताले भरिपूर्ण यो क्षेत्रमा तराईको समथर मैदानदेखि हिमालयको काखसम्मको दूरी र पर्यावरणलाई एउटै प्याकेजमा समेट्न सकिने प्रचुर सम्भावना छ ।

‘हामी केवल पर्यटक भित्र्याउने मात्र होइन, भित्रिएका पर्यटकले यहाँको प्रकृति र संस्कृतिलाई कति सम्मान गरे र स्थानीयले त्यसबाट कति लाभ पाए भन्ने कुरामा केन्द्रित छौँ,’ पौडेलले भने, ‘कार्यक्रममा जिम्मेवार पर्यटन, जैविक विविधताको रक्षा र वातावरण संरक्षणका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबीच बहस हुनेछ र आगामी कार्यदिशा तय गरिनेछ ।’

कार्यक्रमकी अध्यक्ष सुशिला सापकोटाले केचना क्षेत्रदेखि कञ्चनजंघा क्षेत्रसम्म जिम्मेवार पर्यटन प्रवद्र्धन गर्ने रणनीतिक पहलका रूपमा यस सम्मेलनलाई अघि बढाइएको बताइन् । ‘यो सम्मेलनले स्थानीय पर्यटनको जग बलियो बनाउने मात्र नभई छिमेकी देशसँगको क्रस बोर्डर टुरिजम (सीमापार पर्यटन) लाई समेत नयाँ आयाम दिनेछ,’ उनले भनिन् ।

यो कार्यक्रम इलाम नगरपालिकाको नगर पर्यटन प्रवद्र्धन समितिको अगुवाइमा हुन लागेको हो, जसमा स्थानीय व्यावसायिक र सामाजिक संस्थाहरूले बलियो ऐक्यबद्धता जनाएका छन । होटल व्यवसायी संघ इलाम यसको मुख्य प्रवद्र्धक रहेको छ भने इलाम उद्योग वाणिज्य संघ, गाइड पोर्टर ड्राइभर क्लब तथा पर्यटन प्रवद्र्धन सरोकार समितिले सहआयोजनाको जिम्मेवारी सम्हालेको नगर पर्यटन प्रवद्र्धन समितिका सचिव अर्जुन पोख्रेलले बताए ।

दुई दिनसम्म चल्ने यस सम्मेलनमा नेपालका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, रैथाने पर्यटन व्यवसायी, रैथाने संस्कृतिका अध्येताहरूका साथै भारतको दार्जिलिङ, सिक्किम र पश्चिम बङ्गालका प्रतिष्ठित पर्यटन व्यवसायी, वातावरणविद् र सरकारी प्रतिनिधिहरूको समेत सहभागिता रहने आयोजकका सचिव अर्जुन पोख्रेलले जानकारी दिए । दुई दिन चल्ने कार्याक्रममा जिम्मेवार पर्यटन र हरित अर्थतन्त्रबारे प्यानल छलफल , पूर्वी नेपालको भूगोल समेटिएको लेण्डस्केप ग्यालरी तथा फोटो–भिडियो प्रदर्शनी ।

विभिन्न जातजातिका रैथाने सांस्कृतिक झाँकी र मौलिक प्रस्तुति । आगन्तुकहरूका लागि इलामका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रत्यक्ष भ्रमण, स्थानीय कला र हस्तकलाका सामग्री तथा इलामेली खानाका मौलिक परिकारहरूको प्रदर्शनी एवं बिक्री कक्ष रहने आयाजककले जनाएको छ ।

पछिल्लो समय अनियन्त्रित भौतिक निर्माण र अव्यवस्थित पर्यटनका कारण पूर्वी पहाडको पर्यावरण संकटमा परिरहेको चर्चा चलिरहँदा यो सम्मेलनले ठोस निष्कर्ष निकाल्ने अपेक्षा समेत गरिएको छ । यो कार्यक्रमले आगामी दिनमा पूर्वी नेपालमा गरिने पर्यटकीय गतिविधिहरूलाई पर्यावरणमैत्री र स्थानीय समुदायमुखी बनाउन मार्गनिर्देशन गर्ने र यस क्षेत्रको पर्यटनलाई नयाँ उचाइमा पु¥याउने दाबी आयोजकको छ । चिया, अलैँची, अदुवा र ओलन (दूध) का लागि प्रख्यात इलामले अब ‘जिम्मेवार र दिगो पर्यटन’ को नयाँ मानक कोर्ने विश्वास पर्यटनकर्मीहरूले गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२४

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक गति लिएको छ...

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:५६

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा...

नेपाली नागरिकका लागि श्रीलंकाको ३० दिने निःशुल्क पर्यटक भिसा घोषणा

नेपाली नागरिकका लागि श्रीलंकाको ३० दिने निःशुल्क पर्यटक भिसा घोषणा

वि.सं.२०८३ जेठ १३ बुधवार १६:१०

काठमाडौं । काठमाडौं स्थित श्रीलङ्काली दूतावासले नेपाली नागरिकहरूका लागि निःशुल्क...

चीनमा नेपालको ‘वेलनेस टुरिजम’बारे चर्चा, नेपाल घुम्न निम्ता

चीनमा नेपालको ‘वेलनेस टुरिजम’बारे चर्चा, नेपाल घुम्न निम्ता

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:१६

काठमाडौं । जीआइटीएफ २०२६ (गुआंगझौ अन्तर्राष्ट्रिय यात्रा मेला)को पूर्वसन्ध्यामा नेपालले...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:१३

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

अप्रिलमा १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिए

अप्रिलमा १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिए

वि.सं.२०८३ वैशाख २२ मंगलवार १८:५२

काठमाडौं । सन् २०२६ अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन अपेक्षाभन्दा...