back

एनआईसी एशियाको ग्लोबल मनी वीक: सातै प्रदेशका विद्यार्थी तथा युवा लाभान्वित

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘ग्लोबल मनी वीक २०२४’ सम्पन्न गरेको छ ।

बैंकले देशभरका हजारौं विद्यार्थीहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी वीक २०२४’ का अवसरमा यस बैंकका सातै प्रदेशका सयभन्दा बढी शाखाहरुले विद्यार्थी तथा युवाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् ।

यस अभियानबाट मुलुकभरका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित भएका छन् भने ३० भन्दा धेरै शाखाहरुले विभिन्न विद्यालयका २५० भन्दा धेरै विद्यार्थीहरुलाई आफ्नो शाखा भ्रमण समेत गराउँदै बैंकिङ्ग प्रणालीका बारेमा जानकारी गराएका थिए ।

तुलनात्मक रुपमा वित्तीय साक्षरता कम भएका मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता जिल्लाका बैंक शाखाहरुले पनि यस अभियान अन्तर्गत विद्यार्थीहरुलाई शाखा भ्रमण गराउने लगायतका वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेका थिए ।

त्यसैगरी, बैंकले राष्ट्र बैंकको यस अभियान अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने खालका सामग्री समेत निर्माण गरी प्रकाशन गरेको थियो । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन अनुसार यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामग्रीहरुबाट बालबालिका तथा विद्यार्थीहरुमाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा सहयोग पुगेको यस बैंकले विश्वास लिएको छ ।

बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ‘ग्लोबल मनी विक विश्वभर मनाउँदै आइएको छ ।

यसै सन्दर्भमा नेपालमा पनि २०८० चैत ५ गतेदेखि ११ गतेसम्म प्रोटेक्ट योर मनि, सेक्योर योयर फ्युचर भन्ने नाराका साथ ग्लोबल मनी वीकको १२ औं शृङ्खला मनाइएको हो ।

यस विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ । यस बैंकले पनि विगतका वर्षहरुमा समेत यसै सन्दर्भमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइएको छ ।


नेशनल लाईफ इन्स्योरेन्सको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २२:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न भएको...

नेपाल राष्ट्र बैंक ६९ औँ वर्षमा प्रवेश : अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंक ६९ औँ वर्षमा प्रवेश : अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:३४

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको...

३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक , यस्तो छ प्रोसेस

३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक , यस्तो छ प्रोसेस

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट...

‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्ने नाराका साथ नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्ने नाराका साथ नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

वि.सं.२०८१ वैशाख ११ मंगलवार १८:०८

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

बंगलादेशमा बीमा ऐन संशोधन, के के छन् नयाँ व्यवस्था?

बंगलादेशमा बीमा ऐन संशोधन, के के छन् नयाँ व्यवस्था?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०८:४८

काठमाडौं । बंगलादेशी बीमा विकास तथा नियामक प्राधिकरण (आइडीआरए) ले...

ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड नाफा कमायो

ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड नाफा कमायो

वि.सं.२०८१ वैशाख ८ शनिवार ०९:३२

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई...