back
himalayan life

‘पर्यटन दशक २०२३–२०३२’ को लागि सरोकारवाला बीच छलफल

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको दीगो पर्यटन विकासको लागि सरकारले ‘पर्यटन दशक २०२३–२०३२’ को अवधारणा अगाडि ल्याएको बताएका छन् ।

पर्यटन दशक २०२३–२०३२ को अवधारणाका विषयमा नेपाल पर्यटन बोर्डको समन्वयमा सरोकारवालाहरुसंग आइतवार आयोजना गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन नै नेपालको आर्थिक विकासिको दीगो स्रोत भएको र कोभिड– १९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न यो अवधारणा अघि सारिएको बताए ।

 

उनले पर्यटन विकासको लागि सरकारले नीतिगत सुधार तथा अन्य सहजिकरणको काम गर्न बताउँदै यसको समग्र विकासको लागि भने निजी क्षेत्र अग्रसर हुनु पर्ने धारणा राख्नु राखे । यस्तै उनले नेपाललाई युरोपियन युनियनको सेफ्टिलिस्टबाट ‘कालो सूची’ हटाउन मन्त्रालयले पहल गरिरहेको र यसबारे छिट्टै सकारात्मक नतिजा आउनेमा आफु आशावादी रहेको समेत बताए ।

कार्यक्रममा पर्यटन दशकको अवधारणा पत्र प्रस्तुत गर्दै मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालले दीगो रुपमा विदेशी मुद्राआर्जन गर्न सक्ने क्षेत्र पर्यटन भएकोले यसबाट लाभ लिन यो अवधारणा अगाढि बढाईएको जानकारी दिए । उनले सन् २०३२ सम्म ३५ लाख पर्यटक ल्याउने लक्ष्य रहेको समेत बताए ।

सोही अवसरमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिड पछि पर्यटनमा थुप्रै समस्या देखिए पनि एक अर्कोसंग समन्वय गर्दै अगाडि बढ्न सके पर्यटनबाट नेपालले लाभ लिन सक्ने र यो अवधारणालाई समेत मूर्त रुप दिन सकिने बताए ।

कार्यक्रममा पूर्व सभासद छायाँ शर्माले पर्यटनका विषयमा नीतिगत छलफल गर्न र यसलाई राज्यको प्राथमिकतामा पार्न पर्यटनसंग सम्बन्धित छुट्टै संसदीय समिति आवश्यक रहेको बताए ।

पर्यटन क्षेत्रका छाता संस्था,वरिष्ठ पर्यटन व्यवसायी तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको उक्त कार्यक्रममा बोल्दै निजी क्षेत्रका प्रतिनिधीहरुले पर्यटन दशकको अवधारणा सकारात्मक रहेको तर सफलताको लागि यसको कार्यान्वयन पक्षलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिए ।

पूर्व पर्यटन राज्य मन्त्री याङकिला शेर्पाले यस्ता कार्यक्रम गर्दा निजी क्षेत्रसंगको समन्वय र सहकार्यलाई प्राथमिकता दिन आग्रह गरे । वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले पर्यटन दशक घोषणासंगै यसको विस्तृत कार्यक्रम र बजेटको सुनिश्चिचता आवश्यक भएको बताए ।

यस्तै अर्को वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्यले पर्यटन दशक भन्दा पर्यटन विकासको लागि दशकको अवधारणा उपंयुक्त हने र भ्रमण वर्ष छोटो समयको राख्दा उर्ययुक्त हुने सुझाव दिए ।

यस्तै होटल एशोसिएसन हानका अध्यक्ष सिर्जना राणा र वरिष्ठ पर्यटन व्यवसायी विजय अमात्यले भ्रमण दशकको कार्ययोजना ल्याउन मन्त्रालयलाई सुझाव दिए ।

यस्तै पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख दीपकराज जोशीले दशक मनाउँदा हरेक वर्षलाई कुनै एक थिममा राखेर मनाउँदा उर्पयुक्त हुने सुझाव दिएका थिए ।

कार्यक्रममा प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) इन्टरनेशनलका सचिव तथा कोषाध्यक्ष सुमन पाण्डे, नेपाल पर्यटन बोर्डका पूर्व सदस्यद्वय दीपक महत र गणेश सिंखडा, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस (नाटा) का अध्यक्ष रमेश थापा, निवर्तमान अध्यक्ष अच्युत गुरागाई ,नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारी, टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोला, पर्यटन व्यवसायी विक्रम पांडे,अशोक पोखरेल लगायतका व्यक्तिहरुले पर्यटन दशकका रुपमा काम गर्दा सरकार र निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्दे ठोस कार्य योजना ल्याउन सुझाव दिए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

वि.सं.२०८३ असार ७ आइतवार १४:४१

दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो। दूधकुण्ड...

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

वि.सं.२०८३ असार ३ बुधवार १८:३५

काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण...

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२१

काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने...

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:४९

पोखरा । गण्डकी प्रदेशको राजधानी एवं मुलुकको प्रमुख पर्यटकीय राजधानी...

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३९

इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला...

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

वि.सं.२०८३ जेठ २० बुधवार १०:३४

इलाम । पूर्वी पहाडकी रानी मानिने इलामले आगामी जेठ तेस्रो...