आज ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
वि.सं.२०८१ पुस ९ मंगलवार
काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
जसमा आरएसडीसी लघुवित्त, मञ्जुश्री फाइनान्स, मिथिला लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर र माउन्टेन इनर्जी नेपाल लिमिटेड रहेका छन् ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि यी कम्पनीले पुस ११ गते बुक क्लोज गर्दैछन् । पुस १० गते सार्वजनिक विदा परेकोको यी कम्पनीहरूको लाभांश सुरक्षित गर्न आजै शेयरधनी बनिसक्नु पर्नेछ ।
मञ्जुश्री फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्दैछ । सभाम थापागाँउ ब्यांक्वेट, थापागाँउ नयाँबानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ६.३५ नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यसर्थ, कम्पनीले ८ करोड ५८ लाख २३ हजार ६०५ रुपैयाँ नगदमा खर्च गर्नेछ ।
त्यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते, सोमबार, वेष्टर्न एशियन होटल प्रा. लि., बुटवल, रुपन्देहीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान साढे ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु परित गर्नेछ।
कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश प्रस्तावसहित पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, काठमाडौं ब्यांक्वेट प्रालि, थापाथली काठमाडौंमा बिहान १०ः ३० बजे सुरु हुनेछ । सभाले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
माउन्टेन इनर्जी नेपाल लिमिटेडको पुस २८ गते साधारण सभा बोलाएको छ । सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ । सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।
प्रकाशित समय : १२:४६ बजे





















