नेप्से परिसूचक २७.४१ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ३४ करोड
वि.सं.२०८१ कात्तिक १२ सोमवार
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक २७ दशमलव ४१ अंक बढेर २६४५ दशमलव ३६ विन्दुमा रोकिएको छ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३ दशमलव१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव११ अंक बढेको छ।
सोमबार ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९ सय २६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८ लाख ९१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जानकी फाइनान्स र दोल्ती पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आज रिभर फल्स पावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
आज कारोबारमा आएको पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ६ दशमलव ०२ प्रतिशत घटेको छ भने नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको आज ३३ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
समृद्धि फाइनान्सको साढे २४ करोडभन्दा बढीको शेयर कारोबार हुँदा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको करिब २० करोडको शेयर किनबेच भएको छ। आज १३ वटै उपसमूहको परिसूचक बढेको छ।
प्रकाशित समय : १५:२४ बजे






















