back

नेप्सेमा नयाँ प्रणालीको सुरुवातमै अन्योल: नेप्से परिसूचक १७.९१ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कार्यान्वयनमा ल्याएको नयाँ कारोबार प्रणालीप्रति लगानीकर्ताहरू उत्साहित हुनुको सट्टा अन्योलमा देखिएका छन्। प्रणाली परिवर्तनको प्रभाव बजारमा सकारात्मक देखिन सकेको छैन। साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक १७.९१ अंकले ओरालो लागेर २८०७.३१ विन्दुमा खुम्चिएको छ।

बजारमा देखिएको यो लगातार दोस्रो दिनको गिरावट हो; सोमबार पनि नेप्से १३ अंकले घटेको थियो। मंगलबार कुल ३४७ कम्पनीको ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दिनभरको कारोबारमा २१५ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ४८ कम्पनीले मात्र नाफा कमाएका छन् भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।

समग्र बजार राताम्मे भए पनि जलविद्युत् र सिमेन्ट क्षेत्रका केही कम्पनीमा भने लगानीकर्ताको आकर्षण देखिएको छ। सूर्यकुण्ड हाइड्रोपावर र पाल्पा सिमेन्टको सेयर मूल्यमा १५ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, शिखर पावर डेभलपमेन्ट, कर्पोरेट डेभलपमेन्ट बैंक र एशियन हाइड्रोपावरको मूल्यमा पनि उल्लेख्य सुधार देखिएको छ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर (३७ करोड ७ लाख) र रिलायन्स स्पिनिङ मिल्स (३० करोड १९ लाख) अग्रस्थानमा रहे। उपसूचकतर्फ होटल तथा पर्यटन समूह मात्र १.१६ प्रतिशतले बढ्दा अन्य समूहमा सबैभन्दा धेरै १.२७ प्रतिशतको गिरावट आएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

वि.सं.२०८३ साउन १२ मंगलवार १५:५३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा दोहोरो अंकले गिरावट

सेयर बजारमा दोहोरो अंकले गिरावट

वि.सं.२०८३ साउन ११ सोमवार १५:२४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

वि.सं.२०८३ साउन १० आइतवार १८:४०

काठमाडौँ । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क...

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

वि.सं.२०८३ साउन ६ बुधवार १८:१८

काठमाडौँ । सामान्यतया विश्वभरका शेयर बजारहरू निश्चित कार्यालय समयभित्र सीमित...

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

वि.सं.२०८३ साउन ४ सोमवार १५:५०

काठमाडौँ । नेप्सेको निरन्तर गिरावट र लगानीकर्ताको खस्कँदो मनोबललाई चिर्न...