back
national life

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ।

कम्पनीको आईपीओमा अब चैत १० गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ४ करोड ७० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता शेयर उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र अर्थात सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ। त्यस्तै, बाँकी रहेको २० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ४७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ६ मेगावाटको बुकु खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७७ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.४३ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय, ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकको किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा कार्यालयबाट र नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्वा (ओखलढुङ्गा) तथा सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

Corporatebazar 11 Anniversary
national life

नेप्सेमा तेस्रो सर्किट ब्रेक, आजको लागि शेयर कारोबार बन्द

नेप्सेमा तेस्रो सर्किट ब्रेक, आजको लागि शेयर कारोबार बन्द

वि.सं.२०८२ फागुन २५ सोमवार १२:१३

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

नेप्सेमा दोस्रो सर्किट ब्रेक, कारोबार ४० मिनेटको लागि स्थगित

नेप्सेमा दोस्रो सर्किट ब्रेक, कारोबार ४० मिनेटको लागि स्थगित

वि.सं.२०८२ फागुन २५ सोमवार ११:२५

काठमाडौं । निर्वाचनपछिको पहिलो कारोबार दिन नेप्सेमा दोस्रो सर्किट ब्रेक...

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

वि.सं.२०८२ फागुन २५ सोमवार ११:२१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश...

नेप्सेमा बजार खुलेको १ मिनेटमा नै पहिलो सर्किट,कारोबार २० मिनेटको लागि स्थगित

नेप्सेमा बजार खुलेको १ मिनेटमा नै पहिलो सर्किट,कारोबार २० मिनेटको लागि स्थगित

वि.सं.२०८२ फागुन २५ सोमवार ११:०६

काठमाडौं । निर्वाचनपछिको पहिलो कारोबार दिन बजार खुलेको १ मिनेटमा...

मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट, कुन देशमा कति घट्यो ?

मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट, कुन देशमा कति घट्यो ?

वि.सं.२०८२ फागुन २५ सोमवार १०:२०

काठमाडौं । मध्यपूर्वको बढ्दो भू–राजनीतिक तनावका कारण कच्चा तेलको मूल्य...

पाँचौं दिन पनि नेप्सेमा हरियाली

पाँचौं दिन पनि नेप्सेमा हरियाली

वि.सं.२०८२ फागुन १९ मंगलवार १६:४०

काठमाडौं । लगातार पाँच कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से परिसूचक...