नेपाल माइक्रो इन्स्योरेन्सको शेयर यही साता नेप्सेमा सूचीकृत हुने
वि.सं.२०८१ चैत १९ मंगलवार
काठमाडौ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि. को यही साता नेप्सेमा सूचीकृत हुने भएको छ ।
नेपाल माइक्रोको शेयर नेप्सेमा सूचीकृत भएपछि दोस्रो बजारमा समेत खरिदबिक्री गर्न मिल्नेछ ।
उक्त कम्पनीको दोस्रो बजारमा न्यूनतम रु १०१.९० देखि अधिकतम रु ३०५.७ सुरुवाती मूल्य तोकिनेछ ।
कम्पनीले केही समयअघि आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको प्रति शेयर रु १०० का दरले कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
प्रकाशित समय : १२:१५ बजे





















