कुलमान घिसिङलाई हटाउने निर्णयको असर शेयर बजारमा : नेप्से २६०० विन्दुमुनि
वि.सं.२०८१ चैत १२ मंगलवार
काठमाडौ। आज नेप्से परिसूचक ५८.०५ अंक घटेर २५८२.७३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ८.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८३ अंक घटेको छ। नेप्से परिसूचक साढे २ महिनापछि २६०० विन्दुमुनि झरेको हो।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। सोमबार ४ अर्ब ४८ करोडको शेयर खरिदबिक्री भएकोमा आज ३२५ स्टकको ६२ हजार २१ पटकको कारोबारमा ५ अर्ब १८ करोड ७ लाख १८ हजार रुपैयाँकाे १ करोड ११ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.७३ प्रतिशत घटेको छ। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ।
प्रकाशित समय : १६:०३ बजे






















