back

ठुलो खोला हाइड्रोपावरको दोस्रो साधारण सभा सम्पन्न, सभामा ११ लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । ठूलो खोला हाइड्रोपावरको दोस्रो बार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।

सभाले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ११ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने भएको हो ।

सभाबाट संचालक समिति सदस्यमा युवा उर्जा उद्यमी धिराज कार्की निर्वाचत भएका छन् ।

सभाबाट संचालक समितिको तर्फबाट संचालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

यस्तै, चालु आव २०८१/८२ को लागि लेखापरिक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने र संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले माग्दी जिल्लाको रघुगंगा गाउँ पालिका–८ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...