नेपाल इन्स्योरेन्सको २१ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
वि.सं.२०८१ पुस २२ सोमवार
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले २१ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले आजदेखि २१ हजार १३३ कित्ता संस्थापक शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।
यसमा संस्थापक शेयरधनीले मात्र बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको प्रतिकित्ता भाउ न्यूनतम २८० रुपैयाँ तोकिएको छ ।
आवेदकले न्यूनतम २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन पुस २९ गतेसम्म दिन सकिनेछ ।
प्रकाशित समय : ११:३८ बजे





















