back

नाडा र संस्थागत एशोसिएशनबीच हेटौंडामा वृहत अन्तरक्रिया सम्पन्न

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हेटौडा अटोमोवाइल्स एशोसिएशन र नाडा संस्थागत एशोसिएशनका पदाधिकारी तथा सदस्यविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार हेटौंडामा सम्पन्न हेटौडा अटोमोवाइल्स एशोसिएशनको २४ औं वार्षिक साधारण सभाको सन्दर्भमा यस्तो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।

सो कार्यक्रममा उपस्थित सदस्यहरुले अटोमोवाइल क्षेत्रमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञाशाहरु राखेका थिए ।

सो कार्यक्रममा भन्सार विभाग र वाणिज्य विभागले जारी गरेको यम.आर.पीका विषयमा, भन्सार मूल्याङ्कनको समस्या, साफटा अन्तर्गत आएका अटोमोवाइल बस्तुहरु, झोले व्यापारीले पुर्याएको समस्या, मधेश प्रदेशमा विना प्यान नम्बर सञ्चालन ३००० पसलहरुको कारण अन्य व्यवसायीहरुलाई परिरहेको नकारात्मक अषर, भ्याटमा दर्ता भएर राख्नु पर्ने लेखा सम्बन्धी समस्याहरु, सदस्यहरुको हितका लागि भलाई कोषको व्यवस्था, व्यवसायमा चेक वाउन्सको व्यवहारिक समस्या, अटोमोवाइल व्यवसायीहरु इन्स्योरेन्समा आवद्ध नहुदाको समस्या र नाडाका प्रदेश एशोसिएशनहरुलाई साधारण सभा सम्पन्न गर्नका लागि पनि नाडाले आर्थिक श्रोतको व्यवस्था गरि दिनु पर्ने जस्ता विषयहरुमा विस्तृत छलफल भएको थियो ।

छलफलको अन्त्यमा नाडाका अध्यक्ष करण चौधरीले छलफलमा उठेका प्रश्नहरुको प्रत्युत्तर समेत दिएका थिए भने नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले स्पेयर पार्टस र एम.आर.पीका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिएको थियो ।

कार्यक्रमको अन्त्यमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नाडा प्रदेशहरुलाई कर, भन्सार र भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रम र सीप विकास सम्बन्धी तालिम कार्यक्रमको आयोजना गर्न आग्रह गर्दै त्यसका लागि नाडाले आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा नाडाकातर्फबाट संस्थागत सदस्य कुलवहादुर क्षेत्री, केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल, केन्द्रीय कार्य समिति आमन्त्रित सदस्यद्वय नारायणप्रसाद पौडेल र सागर सापकोटाको उपस्थिति रहेको थियो ।

त्यसैगरी, हेटौंडा अटोमोवाइल्स एशोसिएशनका निबर्तमान अध्यक्ष दामोदर अटल, बरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल, उपाध्यक्ष जितेन्द्र तिवारी, महासचिव दिपेन्द्रकुमार उपे्रती, सचिव संञ्जयकुमार गुप्ता, कोषाध्यक्ष श्यामप्रसाद कडेल, कार्य समिति सदस्यद्धय उत्तमप्रसाद भण्डारी, सुजन उपे्रती, देवनारायण टुलाल, मुनालराज न्यौपाने, प्रकाश भट्टराई, क्षेत्रीय संयोजक दिपेश खड्गीको उपस्थिति रहेको थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...