back

एकैदिन आठ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

कति दिँदैछन् लाभांश ?

nactional life

काठमाडौं । आज एकैदिन आधा दर्जन बढी कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बिहीबार आठ वटा कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन छ ।

लुम्बिनी विकास बैंक, हिमालयन डिष्टीलरी, कालिका लघुवित्त, सूर्योदय वोमी लघुवित्त, मेरो माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स, कालिका पावर र बोतलर्स नेपाल (तराई) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी आठै वटा कम्पनीहरुले आउँलो आइतबार (पुस २१ गते) बुक क्लोज गर्ने भएका छन् । तर, शुक्रबार र शनिबार सेयर कारोबार नहुने भएकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै ती कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन् ।

कति दिँदैछन् लाभांश ?

लुम्बिनी विकास बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ गत आवको मुनाफाबाट बैंकले ३ प्रतिशत बोनस सेयर र करसहित ४ प्रतिशत नगद लाभांश दिने भएको हो । सो प्रस्ताव गर्न बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ ।

यस्तै, हिमालयन डिष्टीलरीले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) दिने भएको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट कालिका लघुवित्तले १० प्रतिशत लाभांश दिने भएको छ ।कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त लाभांश गर्न कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ ।

यस्तै, सूर्योदय वोमीले पनि आफ्ना सेयरधनीलाई ६.९६ प्रतिशत लाभांश दिने भएको छ । यो वर्ष कम्पनीले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९६ प्रतिशत नगद लाभांश दिने भएको हो । सो प्रस्ताव पारित कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।

यता, मेरो माइक्रोफाइनान्सले ७.५ प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १.८६५९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०९८२ प्रतिशत नगद लाभांश, कालिका पावरले ७.३६ प्रतिशत (७ प्रतिशत बोनस सेयर र ०.३६ प्रतिशत नगद) लाभांश दिने भएको छ । यी तीनै वटा कम्पनीहरुले सो दरका लाभांश पारित गर्न क्रमशः माघ ४ गते, पुस २९ गते र पुस २९ गते साधारण सभा बोलाएका छन् ।

यस्तै, बोतलर्स नेपाल (तराई) ले पनि यो वर्ष ५० प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बजार हरियाली: फाइनान्स कम्पनीहरूमा झुम्मिए लगानीकर्ता, कालिन्चोक हाइड्रोपावरमा सर्किट

बजार हरियाली: फाइनान्स कम्पनीहरूमा झुम्मिए लगानीकर्ता, कालिन्चोक हाइड्रोपावरमा सर्किट

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:१०

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द...

बजेट लगत्तै खुलेको शेयर बजारमा मन्दी: लगानीकर्ता निराश हुँदा पहिलो दिनै बजार राताम्मे

बजेट लगत्तै खुलेको शेयर बजारमा मन्दी: लगानीकर्ता निराश हुँदा पहिलो दिनै बजार राताम्मे

वि.सं.२०८३ जेठ १८ सोमवार १७:४८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपश्चात बजार खुलेको...

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, २५ हजार आगन्तुकको अपेक्षा

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, २५ हजार आगन्तुकको अपेक्षा

वि.सं.२०८३ जेठ १८ सोमवार १७:०३

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) ले नेपालको विद्युतीय,...

बजेटले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको नेपाल–भारत उद्योग वाणिज्य संघको निष्कर्ष

बजेटले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको नेपाल–भारत उद्योग वाणिज्य संघको निष्कर्ष

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५७

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०८३/८४ को...

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो

वि.सं.२०८३ जेठ १७ आइतवार १२:२८

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ...

गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराइने, वैदेशिक लगानी आकर्षण गर्न विशेष नीति

गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराइने, वैदेशिक लगानी आकर्षण गर्न विशेष नीति

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:१०

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने भएको...