साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १३.५३ अंकले घट्यो, ४ अर्ब ५१ करोडको कारोबार
वि.सं.२०८१ पुस ७ आइतवार
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।
आइतबार नेप्से परिसूचक १३.५३ अंक घटेर २५८३.२९ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स २.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्ब ७६ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
४ कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, बाराही हाइड्रोपावर पब्लिक, न्यादी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, यस दिन पिपुल्स पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ६.४० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिभर फल्स पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
प्रकाशित समय : १५:१६ बजे






















