back
himalayan life

सुरक्षित कारोबार ऐन संशोधन विधेयकमाथि दफावार छलफल

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ ।

आइतबार संशोधनकर्तासँग भएको यस छलफललाई दुई दिनभित्र प्रतिवेदन तयार गर्ने निर्देशन दिइएको छ । समितिको बैठकमा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महत, वर्षमान पुन, नेपाली कांग्रेसका सांसद विनोद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ, नेकपा एमालेकी सांसद जुली कुमारी महतो (महासेठ) लगायत गरी १५ जना सांसद सहभागी भएका थिए ।

बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि विस्तृत छलफल गर्दै यसलाई अन्तिम रूप दिने कार्यमा छलफल गरियो ।

अर्थ समिति सभापति सन्तोष चालिसेले यसबारे जानकारी दिँदै भने,‘विधेयकमाथि संशोधनकर्तासँग छलफल भइसकेको छ । प्रतिवेदन तयार गर्न दुई दिनको समय दिइएको छ । प्रतिवेदन तयार भएपछि यो विधेयक पारित हुनेछ ।’

सभापति चालिसेले सुरक्षित कारोबार ऐन संशोधन विधेयकको प्रभावकारी कार्यान्वयनले आर्थिक गतिविधि सुरक्षित बनाउने विश्वास व्यक्त गरेका छन ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

वि.सं.२०८३ असार ११ बिहीवार २२:०९

काठमाडौँ । विद्यार्थीले निर्माण गरेका कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा,...