माउनटेन इनर्जी नेपालले गर्यो लाभांश घोषणा
वि.सं.२०८१ मंसिर १८ मंगलवार
काठमाडौं । माउनटेन इनर्जी नेपालले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले गर्ने भनेको लाभांश अब विद्युत नियमन आयोगको स्वीकृति पछि आगामी पुस २८ गते हुने कम्पनीको वार्षिक साधारण सभाले पारित गर्नेछ ।
प्रकाशित समय : १२:२० बजे






















