२९ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै कुमारी बैंक
वि.सं.२०८१ मंसिर १६ आइतवार
काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २९ हजार ५ सय ४४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।
बैंकले बिक्री गर्न लागेको उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शयरधनीहरूले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
ताकिएको उक्त म्यादभित्र विद्यमान संस्थापकहरुले आवेदन निदिएको खण्डमा अन्य बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित समय : ११:३९ बजे





















