back

गभर्नर अधिकारीले भने अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति मात्र सबैथोक होइन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय अवस्था विगतको भन्दा फरक नभएको कारण मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै प्रावधान संशोधन नभएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८ औं वार्षिकोत्सवका अवसरमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति मात्र जिम्मेवार नभई अन्य क्षेत्रको पनि भूमिका महत्वपूर्ण रहने बताए ।

“अहिलेको स्थिति चिर्नका लागि राज्यका सबै निकायको उत्तिकै भूमिका हुन्छ, मौद्रिक नीति माथिको निर्भरता घट्नुपर्छ, यदि मौद्रिक नीतिले सही काम गरेको छ भने यसलाई चलाउनु हुँदैन,”

उनले अर्थतन्त्रको वर्तमान समस्या मौद्रिक, आर्थिक नीतिमा नभई गैर आर्थिक समस्याको कारण उत्पन्न भएको उल्लेख गर्दै खाली घर–जग्गा र गाडीको पछि लागेर अर्थतन्त्र नचल्ने बताए । साउनमा जारी गरेका नीतिहरु नै कार्यान्वयनमा पूर्णता नभएकाले विस्तारै राष्ट्र बैकले आफ्ना नीतिहरु परिमार्जन गर्दै जाने भन्दै बैंकिङ क्षेत्रमा अलिक समस्या आउँदैमा आत्तिएर शेयर नबेच्न संस्थापकहरूलाई आग्रह समेत गरे ।

अधिकारीले शुक्रबार जारी मौद्रिक नीतिको समीक्षाप्रति इगिंत गर्दै साउनमा जारी गरेका नितीहरूनै कार्यान्वयनमा पूर्णता नएकाले बिस्तारै राष्ट्र बैंकले आफ्ना नीतिहरू परिमार्जन गर्दै जाने बताए । ‘सधैँ घरजग्गा, गाडी र सेयरको पछि लागेर हुँदैन, गैर मौद्रिकको कारण विग्रिएको अर्थतन्त्र सुधार गर्न सबै लाग्नुपर्ने बताए ।

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...