३ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
वि.सं.२०८१ मंसिर १२ बुधवार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।
बैंकको संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ३ हजार ९७८ कित्ता शेयर बिक्रीमा राखिएको हो ।
उक्त शेयरमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक शेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित समय : १२:२४ बजे