नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी
वि.सं.२०८१ मंसिर १२ बुधवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूहमा एक जना कर्मचारी आह्वान गरेको हो ।
उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । छनोट भएको उम्मेदवारले कर सहित मासिक १ लाख ३ हजार ६०० रुपैयाँ पाउने छन् ।
आवेदक व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी लेखासम्बन्धी कार्यमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको वा चार्टड एकाउण्टेन्सी पास गरी ५ वर्षको कार्य अनुभव हासिल गरेको हुनु पर्ने छ ।
इच्छुक आवेदकले दरखास्त फाराम पुस २ गते कार्यालय समयभित्र छनौट समितिको सचिवालयमा पेस गर्नुपर्नेछ ।

प्रकाशित समय : १२:०८ बजे





















