कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा लाभांश घोषणा
वि.सं.२०८१ मंसिर ११ मंगलवार
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घाषणा गरेको छ। कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। विद्युत नियमन आयोगको स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रकाशित समय : १५:०९ बजे