एलआइसी नेपालले मंसिर १२ गतेदेखि हकप्रद शेयर जारी गर्ने
वि.सं.२०८१ कात्तिक ३० शुक्रवार
काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालले मंसिर १२ गतेदेखि ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।
कम्पनीले १ः०.८८४५ अनुपातमा दुई करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले एक सय अंकित मूल्यमा २ अब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ ।
उक्त हकप्रद शेयरको लागि यसले कार्तिक ९ गते बुक क्लोज गरिसकेको छ । एलआइसीले जारी गर्न लागेको हकप्रद शेयरमा लगानीकर्ताले पुस २ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यस हकप्रदमा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ र लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको स्टार मल, पुतलीसडक काठमाडौं तथा देशभरका देशभरका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
प्रकाशित समय : १४:५३ बजे





















