नेको इन्स्योरेन्सको नाफा ७ करोड माथि
वि.सं.२०८१ कात्तिक ३० शुक्रवार
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्ममा ७ करोड ४ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
कम्पनीले अघिल्लो आवको सोही अवधिको तुलनामा १९.९६ प्रतिशतले कम खुद नाफा आर्जन गरेको हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ८ करोड ८० लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीले पहिलो त्रैमासमा ५० करोड ४८ लाख २९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने २८ करोड ५५ लाख ९१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
अभिकर्ता कमिशन १ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको कम्पनीको कम्पनीको प्रतिशेयर आम्दानी १४.०१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २ सय ७९.८१ रुपैयाँ पीई रेसियो ६७.३९ रुपैयाँ रहेको कम्पनीको सावर्जनिक तथ्यांकले देखाएको छ ।
दुई अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ५९ करोड ८८ लाख ५४ हजार रुपैयाँ रहेको छ ।
प्रकाशित समय : १४:१३ बजे





















