back

नागरिक लगानी कोषको खुद नाफा ३० करोड माथि

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कोषले चालु आर्थिक वर्षको असोज महिनासम्ममा ३० करोड ९ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कोषले गत आवको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत अर्थात ३ करोड ६० लाख ८६ हजार रुपैयाँले बढी नाफा आर्जन गरेको हो ।

कोषले गत वर्षको सोही अवधिमा २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तिन महिनामा कोषको कुल आम्दानी ५१ करोड ७० लाख १३ हजार रुपैयाँ रहेको छ भने गत वर्ष कोषको कुल आम्दानी ४५ करोड ९१ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।

त्यसैगरी, कम्पनीको ब्याज आम्दानी ३.७९ प्रतिशतले घटेर ११ करोड ९८ लाख २१ हजार रुपैयाँ भएको छ ।

गत वर्षको यसै अवधिमा कोषको ब्याज आम्दानी १२ करोड ४५ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

तिन महिनामा कोषको प्रतिशेयर आम्दानी १९.८७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५७.४२ रुपैयाँ र कस्ट अफ फण्ड ६.३८ प्रतिशत रहेको छ ।

कोषको खुद स्थिर सम्पत्ति २ अर्ब ३३ करोड ६६ लाख १८ हजार रुपैयाँ र खुद कोष मौज्दात २ खर्ब ६१ अर्ब २६ करोड ३४ लाख ५४ हजार रुपैयाँ रहेकोे छ ।

कोषको चुक्तापुँजी ६ अर्ब ५ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...