सूर्यज्योति लाइफको तिन महिनामा खुद नाफा साढे ११ करोड बढी
वि.सं.२०८१ कात्तिक २८ बुधवार
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले तिन महिनामा ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बुधबार कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार एक वर्षमा सो नाफा आर्जन गरेको हो ।
कम्पनीले अघिल्लो आव २०८०र०८१ मा ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले यो ३ महिनामा २८ लाख २८ हजार रुपैयाँ बढी नाफा आर्जन गरेको विवरणले देखाएको छ ।
कम्पनीले चालु आवको पहिलो त्रैमासमा दुई अर्ब ४९ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आव यसै अवधिमा कम्पनीको कुल बीमा शुल्क २ अर्ब ३० करोड ४५ लाख रुपैयाँ रहेको थियो । गत आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क १९ करोड ४९ लाख रुपैयाँले बढी हो ।
त्यसैगरी, ३ महिनामा कम्पनीको खुद बीमा शुल्क २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ रहेको छ । सोहि अवधिमा कम्पनीको २२ करोड ६८ लाख रुपैयाँ कमिशन भएको छ भने कम्पनीको नविकरण बीमा भने १ अर्ब अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको इपीएस ९.२० प्रतिशतमा पुगेको छ । त्यसैगरी, कम्पनीको नेटवर्थ १४३.५९ रुपैयाँ र प्रतिसेयर आम्दानी ५४.७५ रुपैयाँ रहेको छ भने कम्पनीको ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँ चुक्ता पुँजी रहेको छ । ।
प्रकाशित समय : १२:०५ बजे





















