back

५१ लघुवित्त वित्तीय संस्थामध्ये ८ लघुवित्तको लाभांश सार्वजनिक : कुनको कति ?

लघुवित्तहरूले १५ प्रतिशतभन्दा बढी लाभांश घोषणा गर्न पाउँदैनन् । केही वर्ष अघिसम्म लघुवित्तहरूले ७५ प्रतिशतसम्म लाभांश दिने गरेका थिए ।

काठमाडौं । सूचीकृत ५१ लघुवित्त वित्तीय संस्थामध्ये हालसम्म जम्मा आठले लाभांश घोषणा गरेका छन् । गत वर्ष धेरै लघुवित्तहरूले लाभांश घोषणा गर्न सकेका थिएनन् । लघुवित्तहरूमा भएको समस्याका कारण केहीले मात्रै लाभांश दिने क्षमता देखाएका थिए ।

चालु आर्थिक वर्षमा भने अघिल्लो आर्थिक वर्षको नाफाबाट आठ लघुवित्तले लाभांश घोषणा गरेका हुन् । यसमा आशा, गुराँस, फरवार्ड, स्वाबलम्बन, आरएसडीसी, सर्पोट, नेशनल र फर्स्ट लघुवित्त छन् । अहिले लघुवित्तहरूले १५ प्रतिशतभन्दा बढी लाभांश घोषणा गर्न पाउँदैनन् । केही वर्ष अघिसम्म लघुवित्तहरूले ७५ प्रतिशतसम्म लाभांश दिने गरेका थिए । लघुवित्तमा समस्या निम्तिँदै गएपछि राष्ट्र बैंकले कडाइ गरी लाभांशमा १५ प्रतिशतको सीमा तोकिदिएको हो ।

आशा लघुवित्त : आशा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तले अघिल्लो वर्ष कमाएको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश दिने भएको हो।लघुवित्तको संचालक समितिको बैठकले शेयरधनीहरूलाई १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी जम्मा १५ प्रतिशत दिने निणर्य गरेको हो ।

गुराँस लघुवित्त : गुराँस लघुवित्तले पनि यस पटक १५ प्रतिशत नै लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २४ गते बसेको बैठकले आफ्ना शेयरधनीहरूलाई गत वर्षको मुनाफाबाट लाभांश दिने निणर्य गरेको हो ।

लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने निणर्य गरेको हो ।

फरवार्ड लघुवित्त : फरवार्ड लघुवित्तको सञ्चालक समिति बैठकले १३.३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७ नगद लाभांश गरी कुल १४ प्रतिशत दिने निणर्य गरेको छ ।

स्वाबलम्वन लघुवित्त : स्वाबलम्वन लघुवित्तले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैंठकले शेयरधनीहरूलाई उक्त लाभांश दिने निणर्य गरेको हो ।

उक्त लाभांशमा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव छ ।

आरएसडीसी लघुवित्त : आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कात्तिक एक गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सर्पोट लघुवित्त : सर्पोट लघुवित्त वित्तीय संस्थाले १४.५० प्रतिशत लाभांश दिने भएको छ । कम्पनी संचालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट १३.७७ प्रतिशत बोनस शेयर र ०.७२ प्रतिशत कर प्रयोनका लागि नगद लाभांश दिने निणर्य गरेको हो ।

उक्त लाभांश शेयरधनीहरूले राष्ट्र बैंकबाट स्वीकृत भएर साधारणसभाबाट पारित भएपछि मात्रै प्राप्त गर्नेछन् ।

नेशनल लघुवित्त : नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।जसमध्ये १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्स : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति बैठकले ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई नौ प्रतिशत बोनस शेयर र ०.५७ प्रतिशत नगर गरी कुल ९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...