back
nactional

मंसिर ११ गतेदेखि ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्दै एनएलजी इन्सुरेन्स

काठमाडौं । एनएलजी इन्सुरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यस अनुसार इन्स्योरेन्सले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

उक्त हकप्रद शेयरको लागि यसले कार्तिक २७ गते बुक क्लोज गर्नेछ । तसर्थ, कार्तिक २६ गतेसम्म कायम लगानीकर्ताले हकप्रद शेयरको दाबी गर्न पाउनेछन् । एनएलजी इन्सुरेन्सलले जारी गर्न लागेको हकप्रद शेयरमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसको हकप्रद शेयरमा लक्ष्मी सनराईज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यस हकप्रदमा बिक्री प्रबन्धक लक्ष्मी सनराईज क्यापिटल कमलपोखरी काठमाडौं र एनएलजी इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, लक्ष्मी सनराईज बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३६ हजार १०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल लाइफका अभिकर्तालाई दुव्र्यवहार र पक्राउ गरिएको भन्दै संघले दियो संघर्षको चेतावनी

नेपाल लाइफका अभिकर्तालाई दुव्र्यवहार र पक्राउ गरिएको भन्दै संघले दियो संघर्षको चेतावनी

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:४०

काठमाडौ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले नेपाल बीमा प्रधिरकरण...

एनएमबि बैंकको अनलाइनबाटै कर्जा आवेदन र रियल-टाइम ट्र्याकिङ

एनएमबि बैंकको अनलाइनबाटै कर्जा आवेदन र रियल-टाइम ट्र्याकिङ

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:५८

काठमाडौं । एनएमबि बैंकले अनलाइनबाटै कर्जा आवेदन दिन र आवेदनको...

सिद्धार्थ बैंकको कर्पोरेट खाता अब अनलाइनबाटै खोल्न सकिने

सिद्धार्थ बैंकको कर्पोरेट खाता अब अनलाइनबाटै खोल्न सकिने

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:५६

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि...

सेयर बजारमा सुधार, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सुधार, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:५२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा...