साताको अन्तिम कारोबार दिन २७ सय नाघेर झर्यो शेयर बजार

वि.सं.२०८१ कात्तिक १४ बुधवार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बुधबार नप्से सूचक १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्दा भएको छ ।
आज नेप्से घटेपनि कारोबार रकम भने मंगलबारकै हाराहारीमा भएको छ। आज ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७८७ रुपैयाँ बराबरको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूहको सूचक सकारात्मक छन् भने बाँकी १० उपसमूहको सूचक नकारात्मक छ। जसमा होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.५२ प्रतिशतले बढेको छ ।
आज सिइडिबी हाइड्रोपावरको सबैभन्दा धेरै ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सानिमा जिआइसी इन्स्योरेन्सको २६ करोड र सोल्टी होटलको २० करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यस दिन गुँरास लघुवित्त र मिड सोलु हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अपर स्यांगे हाइड्रोपावर ९.९९ प्रतिशत र कुथलि बुखरी हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेको छ।
त्यसैगरी, जानकी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.९० प्रतिशत घटेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४।८० प्रतिशत र माथिल्लो मैलुङको ४.५५ प्रतिशतले घटेको छ।

प्रकाशित समय : १५:३३ बजे