सानिमा जीआइसी इन्सुरेन्सको ११ लाख कित्ता संस्थापक शेयर लिलामी खुल्यो
वि.सं.२०८१ असोज २३ बुधवार
काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्सले ११ लाख ३ हजार ४०५ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ ।
शेयरमा कम्पनीकै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम ७ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा कात्तिक ५ गतेसम्म आवेदन दिन मिल्नेछ ।
प्रकाशित समय : ०९:४० बजे