back

नेप्से दोहोरो अंकले घट्यो, कुनको कति भयो कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.६३ अंक घटेर २६९५.९३ अंकमा बन्द भएको छ ।

३ हजार बिन्दुमा पुगेको बजार घटेर १ महिनापछि २७ सय बिन्दु तल झरेको हो । यस अघि गत साउन २२ गते नेप्से २७०० विन्दुभन्दा तल बन्द भएको थियो ।

आइतबार २२७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर १ लाख ३० हजार ६३२ पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँ बराबरकको कारोबार भएको छ ।आज म्युचुअल फण्डबाहेक अधिकांश समूहमा राताम्य छाएको छ । म्युचुअल फण्ड समूह ०.८० प्रतिशत बढेको हो । बैंकिङ समूह २.३४ प्रतिशत, विकास बैंक समूह १.८५ प्रतिशत, फाइनान्स समूह ३.४४ प्रतिशत, होटल तथा पर्यटन समूह २.९८ प्रतिशत, जलविद्युत समूह २.४० प्रतिशत, लगानी समूह १.३३ प्रतिशत, जीवन बीमा समूह १.४४ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह १.८० प्रतिशत, लघुवित्त समूह १.८८ प्रतिशत घटेको छ । यस्तै निर्जीवन बीमा समूह १.२३ प्रतिशत, अन्य समूह १.०४ प्रतिशत र ०.१९ प्रतिशत घटेको छ ।

राताम्य बजारमा सुपर माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेर १ हजार ५६ रुपैयाँ पुगेको छ । यस्तै हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.८७ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोको ८.७३ प्रतिशतले घटेको छ । तर, पिपुल्स हाइड्रो र माइ खोला हाइड्रोको सेयर मूल्य १० प्रतिशत घटेको छ ।

यस्तै थ्रीस्टार हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशत, उपकार लघुवित्तको ९.९१ प्रतिशत र नेपाल फाइनान्सको ९.५३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ५२ करोड ३१ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३३ करोड ४३ लाख रुपैयाँ, नेपाल फाइनान्सको ३३ करोड ३४ लाख रुपैयाँ, अपि पावरको २६ करोड ७१ लाख रुपैयाँ र अरुण भ्यालू हाइड्रोका २१ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

आज बजार पुँजीकरण ४२ खर्ब ८१ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । अघिल्लो कारोबारको आधारमा आइतकार लगानीकर्ताको पोर्टफोलियो ८५ अर्ब १८ करोड ९० लाख रुपैयाँ घटेको देखिन्छ । यसअघि अघिल्लो दिन बजार पुँजीकरण ४३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ थियो ।

 


डोलेश्वर रिसोर्टको आईपीओ तयारी

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:४१

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स...

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३३

काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ...

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८२ वैशाख ३० मंगलवार १५:३४

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

सरकारले नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

सरकारले नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १८:३४

काठमाडौं । सरकारले राज्यले दिने सबै सेवा सुविधालाई अनलाइनमा सेवा...

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १०:१८

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले बैशाख ५ गतेदेखि निष्काशन तथा...

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख १७ बुधवार १२:००

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।...