हिम पवर्त हाईड्रोपावरले आईपीओ निष्काशन गर्ने
वि.सं.२०८१ भदौ ३ सोमवार
काठमाडौं । हिम पवर्त हाईड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ।
साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको सभा आगामी भदौ २३ गते त्रिपुरेश्वरमा रहेको कम्पनीको मुख्य कार्यालयमा ११:०० बजे सुरू हुनेछ ।
उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने,सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र आव २०८०/८१ को वार्षिक प्रतिवेदन लगायातका अन्य वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव पारित गरिनेछ । त्यस्तै लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रतास्व पनि सभाले पारित गर्नेछ ।
प्रकाशित समय : १२:४२ बजे






















