back

साढे ३४ अंकले घट्यो नेप्से, झन्डै २९ अर्बको कारोबार

nactional life

काठमाडौं । कारोबार रकममा नयाँ रेकर्ड कायम गर्दै बिहीबार बन्द भएको सेयर बजार साताको पहिलो दिन आइतबार भने ३४.४७ अंकले घटेको छ ।

यस दिन बजार घटेसँगै नेप्से २९६६.३३ बिन्दुमा कायम भएको छ । यसअघि बिहीबार नेप्से ३००० विन्दुमा अडिएकाे थियो । आइतबार नेप्सेसँगै कारोबार रकम पनि केही घटेको छ । आइतबार २८ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

पुँजीबजारले बिहीबार कारोबार रकममा नयाँ रेकर्ड कायम गरेको थियो । बिहीबार झण्डै ३० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन हालसम्मकै उच्च कारोबार हो ।आइतबार ४७ कम्पनी बढेको छ भने १९७ कम्पनी घटेको छ ।

लगानीकर्ताहरू बैंकिङ समूहमा झुम्मिँदा सो समूह ०.८४ प्रतिशत बढेको नेप्सेले जनाएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहका लगानीकर्ताले गुमाएका छन् । यो समूह ४.४९ प्रतिशतले घटेको छ । बैंकिङ ०.८४, जीवन बीमा ०.३७, म्यूचल फण्ड ०.३८ र ननलाइफ ०.४६ प्रतिशतले बढेको छ । त्यसबाहेक अन्य सबै समूह राताम्मै भएका छन् ।

कारोबार रकमको आधारका हिमालयन रि, अपि पावर, कुमारी बैंक नै शीर्ष स्थानमा रहेका छन् । बिहीबार राष्ट्रिय बिमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टीपर्पोज फाइनान्स र सम्पदा लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल फाइनान्सको मूल्य आइतबार पनि १० प्रतिशतले घटेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

शेयर बजार चार दिन बन्द, अब साेमबार मात्रै खुल्ने

शेयर बजार चार दिन बन्द, अब साेमबार मात्रै खुल्ने

वि.सं.२०८३ जेठ १३ बुधवार १७:२५

काठमाडौं । शेयर बजार अब लगातार चार दिन बन्द हुने...

बजेट अघिको अन्तिम कारोबार दिन नेप्से सकारात्मक

बजेट अघिको अन्तिम कारोबार दिन नेप्से सकारात्मक

वि.सं.२०८३ जेठ १३ बुधवार १७:११

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनु अघिको...

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३९

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

वि.सं.२०८३ जेठ ११ सोमवार १५:११

काठमाडौं । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा दोहोरो अंकको वृद्धि

वि.सं.२०८३ जेठ ११ सोमवार १५:०९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ जेठ १० आइतवार १०:२४

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि...