back

नागरिक लगानी कोषको नाफा घट्यो

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कोषको खुद नाफा र प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९.९१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कोषले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष कर खर्च बढेका कारण कोषको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १९.५५ प्रतिशत र सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा कोषको कुल आम्दानी ५.२५ प्रतिशत बढेको छ भने कुल खर्च २.७२ प्रतिशत बढेको छ।

नाफासँगै कोषको प्रतिशेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी २ रुपैयाँ २८ पैसा घटेर २० रुपैयाँ ७५ पैसामा झरेको छ। असार मसान्तसम्ममा कोषको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा रहेको छ।

५ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा १८ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...