नेप्सेमा २० अंकको गिरावट , १९ अर्ब भन्दामाथीको कारोबार

वि.सं.२०८१ साउन १४ सोमवार

काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
सेयर बजार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ को विन्दुमा कायम भएको छ ।
सोमबार ७० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको सेयर मूल्य घटेको छ । दिनभरिमा ३२५ कम्पनीको १९ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
लगानीकर्ताहरू फाइनान्स समूहमा झुमिएका छन् । सोमबार यस समूह १.८८ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै ट्रेडिङ समूह ४.५४ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको ६१ करोड १२७ लाख रुपौयाँको सेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै नेपाल फाइनान्सका लागनीकर्ताले ९.७७ प्रतिशतले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा आरम्भ चौतारी लघुवित्तका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले ८.३५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित समय : १६:१० बजे