back
himalayan life

एकैपटक २१ सचिवहरुलाई सरुवा : अर्थसचिवमा घिमिरे, मरासिनी उपराष्ट्रपति कार्यालयमा सरुवा

काठमाडौं ।  सरकारको अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरे नियुक्त गर्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिमेरेलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

बैठकले एकैपटक २१ सचिवहरुलाई सरुवा गरेको हो। जस अनुसार राजस्व सचिव रहेका घिमिरे अर्थ सचिवमा सरुवा भएका हुन्। त्यस्तै, हालका अर्थसचिव मधुकुमार मरासिनी उपराष्ट्रपति कार्यालयमा सरुवा भएको स्रोतले बताएको छ। त्यस्तै, राजस्व सचिवको जिम्मा भने हालका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरेले पाएका छन्।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयो अनुसन्धान आयोगमा सरुवा गरिएको छ भने अख्तियारका रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

बैठकले गोपालप्रसाद सिग्देललाई उर्जा मन्त्रालयमा सरुवा गरेको छ। यस अघि उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा थिए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने पुनः केशवकुमार शर्मा नै फर्किएका छन्। उनी उर्जा आयोगमा थिए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव रहेका मुकुन्दप्रसाद निरौला श्रम मन्त्रालयमा सरूवा भएका छन् भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव खरिद अनुगमन कार्यालयबाट भरतमणि सुवेदी सरुवा भएका छन्।

डिल्लीराम शर्माको राष्ट्रपतिको कार्यालयबाट लोकसेवा आयोगमा सरूवा भएको छ। लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा सरूवा भएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहेका रामकृष्ण सुवेदीको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा भएका छन्। सञ्चार मन्त्रालयको सचिवमा भने उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्याल सरुवा भएकी छिन्।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडी राष्टि«य तथ्यांक कार्यालय सरुवा भएका छन्। राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरूवा भएको छ।

प्राकृतिक स्रोत तथा वित्त आयोगमा सचिवमा रक्षाबाट किरणराज शर्माको सरूवा भएको छ। वाणिज्य सचिवमा प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव रहेका मधुसुदन बुर्लाकोटीको सरूवा भएको छ।

राष्ट्रपतिको कार्यालयमा नारायण प्रसाद दुवाडी, नेपाल ट्रष्टको कार्यालयमा रामाधार शाह, खानेपानी मन्त्रालयमा प्रमिला देवी बज्राचार्य र जल तथा ऊर्जा आयोगमा सुरेश आचार्य सरुवा भएका छन्।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०४

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका वा उसका साझेदारहरूले बदनियतपूर्वक काम...

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२...

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५७

काठमाडौं । फिफा विश्वकप २०२६को सह–आयोजक क्यानडाले विश्वकप फुटबलमा ऐतिहासिक...

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४०

रामेछाप। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरले तीन दशकअघि...

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

वि.सं.२०८३ असार ४ बिहीवार १८:१३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत गृह...