back

प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । साविक प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ को नयाँ बोनसदर सार्वजनिक गरेकाे छ ।

कम्पनीको आर्थिक वर्ष २०७९/८० को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन तथा बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले गत असार २३ गते स्वीकृत गरेको थियो ।

कम्पनीले २०८० असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरूमा आव २०७९/८० का लागि नयाँ बोनसदर कायम गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ प्रतिहजारका दरले बोनस दिने निर्णय गरेको छ ।

सावधिक तथा आजीवन जीवन बीमा योजनामा बीमितले बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

त्यसैगरी कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा बीमितलाई बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमा (समुन्नति योजना) मा कम्पनीले बीमितलाई न्यूनतम २० रुपैयाँदेखि अधिकतम २४ रुपैयाँसम्म बोनस दिने कम्पनीले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...