back

अर्क्स ग्रुपले नेपाली बजारमा ल्यायो विश्वका १२० भन्दा बढी देशमा निर्यात भईरहेको गोल्डेन ड्रायागन ब्रान्डका इलेक्ट्रिक भ्यानहरु

काठमाडौं । गोल्डेन ड्रायागनको १४ सिट क्षमता भएको विद्युतीय भ्यान नेपाली बजारमा भित्रिएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता अर्क्स ग्रुपले चीनर्कै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनीको उक्त भ्यान नेपाली बजारमा ल्याएको हो ।

भ्यानमा विश्वको सबैभन्दा ठलो इभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक हुने कम्पनीले जनाएको छ । एक पटकको फुल चार्जमा ३०० किलोमिटर गुड्ने यो भ्यानमा ८० किलोवाटको पिक पावरको मोटर जडान गरिएको छ । यसको नेपाली बजारमा ५७ लाख रुपैयाँ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

गोल्डेन ड्रायागनका भ्यानहरु हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भईरहेको कम्पनीले जनाएको छ। उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिवद्धता सहित यो भ्यानहरु उपलब्ध रहेको जनाएको छ ।

यस्तै अब छिट्टै नै गोल्डेन ड्रायागनको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने जनाएको छ । कम्पनीका अनुसार यसका लागि आवश्यक प्रक्रिया सुरु भइसेको छ। उक्त माइक्रोबस केही महिनाभित्र नेपाल आइपुग्ने कम्पनीले जनाएको छ।

यी भ्यानहरु लामा तथा छोटो दुरीका विभिन्न यातायात संचालक, ट्राभल एजेन्सी, ट्रेकिङ, अस्पताल, स्कुल, होटेल, कर्पोरेटभ कार्यालय लगायतका विभिन्न क्षेत्रका लािग अत्यन्तै उपयोगी हुनेछ । यसका साथै व्यवहारिक पनि हुने कम्पनीको विश्वास छ । विद्युतीय माध्यमबाट संचालन हुने भएकाले पर्यावरणमैत्री नभई संचालन खर्चमा पनि कमी ल्याउने कम्पनीको दाबी छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...