back

सेयर बजारमा सत्ता समीकरणले हल्लायो : २१ सय बिन्दुमा पुगेर बन्द भयो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै मंगलबार सेयर बजार उकालो लागेको छ ।

कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

त्यसपछि २० मिनेट बन्द हुन पुगेको बजार पुनः बजार ११ः२१ मा खुल्यो । तर, सो समयमा पनि एक मिनेट कारोबार हुन नपाउँदै सेयर बजारमा दोस्रो पटक सर्किट लाग्यो । त्यसपछि बजार पुनः ४० मिनेटका लागि बन्द भएर खुलेकाे बजार बन्द हुने समयसम्म आइपुग्दा  ४७.०४ अकंले बढेर २१००.४३ बिन्दुमा कायम भएको छ ।

मंगलबार ३ सय १५ कम्पनीको १ करोड १६ लाख १७ हजार ६ सय ९० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ७ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली छाएको छ ।

मंगलबार बैंकिङ समूह ३.०३ प्रतिशत, विकास बैंक समूह २.०१ प्रतिशत, फाइनान्स समूह २.११ प्रतिशत, होटल तथा पर्यटन समूह १.०९ प्रतिशतले बढेको छ ।

यस्तै मंगलबार एनआरएन इन्फाइट्रचरको ११ करोड ७९ लाख रुपैयाँ र गुडबिल फाइनान्सको ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.४६ प्रतिशतका दरले गुमाएका हुन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...