back

वारेन बफेटले दान गरे ५.३ बिलियन डलरको सेयर

काठमाडौं । विश्वका १०औं धनी व्यक्ति वारेन बफेटले आफ्नो सम्पत्तिको ठूलो हिस्सा दान गरेका छन् । उनको वार्षिक चन्दा योजनाअन्तर्गत यो दान गरिएको हो ।

यस पटक बफेटले आफ्नो कम्पनी बर्कशायर ह्याथवेको ५.३ बिलियन डलरबराबरको सेयर बिल र मेलिन्डा गेट्स फाउन्डेशनसहित आफ्नो परिवारसँग सम्बन्धित ४ परोपकारी ट्रस्टहरूलाई दान गर्ने घोषणा गरेका छन् ।

बफेटले यस पटक आफ्नो कम्पनी बर्कशायर ह्याथवेको ९.९३ मिलियन क्लास–बी सेयर गेट्स फाउन्डेशनलाई दान गर्ने घोषणा गरेका छन्, जसको मूल्य करिब ४ अर्ब डलर हुनेछ । वारेन बफेटले अहिलेसम्म गेट्स फाउन्डेशनलाई ४३ बिलियन डलरको सेयर दान गरिसकेका छन् ।

यससँगै उनले सुसन थमसन बफेट फाउण्डेशनलाई ९.९३ लाख क्लास–बी सेयर पनि दान गर्नेछन् । यो संस्था उनको स्वर्गीय प्रथम श्रीमतीको नाममा राखिएको हो । बफेटले स्वास्थ्य सेवा र शिक्षामा ध्यान केन्द्रित गर्न यो फाउन्डेशन सुरु गरे ।

पछिल्लो पटक जस्तै यस पटक पनि बफेटले आफ्ना परिवारको परोपकारी संस्थालाई चन्दा दिइरहेका छन् । यसपटक उनले यी तीन फाउन्डेसनलाई ६.९५ देखि ६.९५ लाख सेयर दिने छन् । यी संस्थाहरूमा होवर्ड जी. बफेट फाउन्डेसन, शेरवुड फाउन्डेसन र नोभो फाउन्डेसन समावेश छन् ।

९३ वर्ष पुगेका बफेट ब्लुमबर्गको बिलियनेयर इन्डेक्सका अनुसार विश्वको १०औं धनी व्यक्ति हुन् र उनले आफ्नो सम्पत्तिको ९९ प्रतिशत आफ्ना छोराछोरीको परोपकारी ट्रस्टलाई दान गर्ने योजना बनाएका छन् । सन् २००६ देखि आफ्नो सम्पत्तिबाट चन्दा दिइरहेका बफेटले आफ्नो आधाभन्दा बढी सेयर बर्कशायर ह्याथवेमा दान गरेका छन् । एजेन्सी

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...