back

सेयर लगानीकर्तालाई नासाको अफर : एनसेलका ग्राहकलाई ५५ प्रतिशतसम्म छुट

काठमाडौं । एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवा उपभोग गर्न सक्नेछन् ।

यस सहकार्यका लागि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले सोमबार एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नासा सेक्युरिटिज नेपालकै एक अग्रणी सेयर ब्रोकरेज फर्म हो ।

समझदारीका अनुसार एनसेल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकले नासामा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाउन सक्छन् । पहिलो पटक डिम्याट खाता खोल्न १०० रुपैयाँ र मेरोसेयरमा दर्ता हुनका लागि ५० रुपैयाँ लाग्ने गरेको छ । यसरी कुल १५० रुपैयाँको काम ५५ प्रतिशत छुटले गर्दा ६७.५० मा नै गर्न सकिने एनसेलले जनाएको छ ।

एनसेल एपको माध्यमबाट ग्राहकले अनलाइनमार्फत आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, सेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरोसेयर नवीकरण गर्नेलगायत केही समस्या र जिज्ञासा भए राख्न सक्नेछन् ।

‘हामी हाम्रा ग्राहकलाई युज केसहरू अवसरको रूपमा प्रदान गरेर आर्थिक गतिविधिलाई बढाउँदै बजारलाई चलायमान बनाउन र डिजिटल नेपालको परिकल्पनालाई साकार पार्नका लागि योगदान पुर्याउन तत्पर छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने ।

आम उपभोक्तालाई प्रविधिमा पहुँच सधैं सहज बनाउन एनसेलले ‘सधैं अन’ अभियान सञ्चालन गरिरहेको बेलामा सेयर कारोबारलाई डिजिटलाइज्ड बनाउन योगदान गर्ने यो कार्यमा नासा सेक्युरिटिजसँग सहकार्य गर्न पाएकोमा आफूहरू उत्साहीत रहेको उनले बताए ।

एनसेल एपका माध्यमबाट विदेशमा रहेका नेपालीले पनि १०० भन्दा बढि देशमा उपलब्ध रोमिङ सेवाको प्रयोग गर्दै आफ्नो डिम्याट खाता खोलि सेयरमा लगानी गर्न सक्नेछन् । यसले विदेशमा रहेका नेपालीको आम्दानीलाई स्वदेशमा नै लगानी गरी सकारात्मक आर्थिक प्रभाव सिर्जना गर्न ठूलो मद्दत गर्ने एनसेलले जनाएको छ ।

‘नासा अब एनसेल एपमा, ५५ प्रतिशत छुट हरेक नयाँ खाता र नवीकरणमा’ भन्ने नाराका साथ सुरु भएको यस सहकार्यबाट एनसेलका सिम कार्ड प्रयोगकर्ताहरूलाई अनलाइन सेयर कारोबारमा सहयोग पुग्ने नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले बताए । एनसेल एपमा नासा सेक्युरिटिजलाई आवश्यक कामका लागि सम्पर्क गर्ने विकल्पहरू रहेको पनि उनले बताए । यस सहकार्यमा एनसेलले आफ्नो एपमार्फत नासा सेक्युरिटिजमा पहुँचमात्र सुनिश्चित गरेको उनको भनाइ छ ।

 


आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ जेठ २२ मंगलवार १३:००

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

निफ्राको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

निफ्राको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ जेठ २२ मंगलवार १२:५३

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक सेयर...

बजेटपछि साताको अन्तिम दिन : नेप्से दोहोरो अंकले घट्यो

बजेटपछि साताको अन्तिम दिन : नेप्से दोहोरो अंकले घट्यो

वि.सं.२०८१ जेठ १७ बिहीवार १६:४९

काठमाडौं । बजेटपछिको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेको...

कुमारी बैंकको २ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ जेठ १७ बिहीवार ०९:०३

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ...

पुँजी बजार : अग्रिम कर नभई अन्तिम कर कट्टी हुनुपर्ने ८ लगानीकर्ता संघको माग

पुँजी बजार : अग्रिम कर नभई अन्तिम कर कट्टी हुनुपर्ने ८ लगानीकर्ता संघको माग

वि.सं.२०८१ जेठ १३ आइतवार १२:०८

काठमाडौं । पुँजी बजारका विभिन्न लगानीकर्ता संघहरूले आगामी आर्थिक वर्ष...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:२४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर...