back

एनपीएल ३ प्रतिशत पुग्दा पनि आरएसडिसीको नाफा ३०.३४ प्रतिशत बढ्यो

काठमाडौं । आरएसडिसी लघुवित्तले ९ महिनामा ११ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै लघुवित्तले गत वर्षको चैतको तुलनामा ३०.३४ प्रतिशत बढी नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ८ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो ।

चैत समान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १३.४८ प्रतिशत घटेर १८ करोड ५१ लाख ९४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २१ करोड ४० लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको खुद फि तथा कमिसन आम्दानी ४८ प्रतिशत घटेर १ करोड ११ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १६ प्रतिशत घटेर १९ करोड ७९ लाख रुपैयाँ, सञ्चालन नाफा ३० प्रतिशत बढेर १६ करोड १ लाख रुपैयाँ र वितरणयोग्य नाफा ८ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघवित्तको चुक्ता पुँजी ८.६० प्रतिशत बढेर ९४ करोड ४३ लाख रुपैयाँ, जगेडा कोष ४४.१२ प्रतिशत बढेर २३ करोड ३१ लाख रुपैयाँ, निक्षेप तथा सापटि ४.६१ पतिशत घटेर ५ अर्ब ६५ करोड रुपैयाँ र कर्जा लगानी १.८० प्रतिशत घटेर ६ अर्ब ५९ करोड रुपैयाँ छ ।

चैत मसान्तसम्म प्रतिसेयर आम्दानी २.६४ रुपैयाँ बढेर १५.८३ रुपैयाँ छ । यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ३८.१ गुणा र प्रतिसेयर नेटवर्थ १२४.६९ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा (एनपीएल) १.६२ प्रतिशत बढेर २.९९ प्रतिशत पुगेको छ ।

यसअवधिमा लघुवित्तको आधार दर ११.०२ प्रतिशत, इन्ट्रेस्ट स्प्रेड रेट २.३ प्रतिशत र कस्ट अफ फण्ड १०.१६ प्रतिशत छ ।


साताको पहिलो नेप्से १४ अंकले बढ्यो

साताको पहिलो नेप्से १४ अंकले बढ्यो

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:५४

काठमाडौं । आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:३४

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

कुमारी बैंकको ५ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ५ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक संस्थापक सेयर बिक्रीमा राखेको...

युनिक नेपाल लघुवित्तको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

युनिक नेपाल लघुवित्तको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर...

सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा

सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०८:५८

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर...

अरुण भ्याली हाइड्रोको करीब २० लाख कित्ता सेयर बिक्रीमा

अरुण भ्याली हाइड्रोको करीब २० लाख कित्ता सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०८:५६

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले झन्डै २० लाख...