back

थप ६ वटा कम्पनीलाई भेञ्चर क्यापिटल सञ्चालन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ६ वटा भेञ्चर क्यापिटल सञ्चालन अनुमति प्रदान गरेको छ । गत बुधबार बसेको सञ्चालक समितिको बैठकले थप ६ भेञ्चर क्यापिटलको काम गर्न अनुमति दिएको हो ।

भेन्चर क्यापिटल सञ्चालन गर्न बोर्डमा आवेदन दिएका १७ मध्ये ९ वटा छनोट भएका थिए । ९ वटालाई आवश्यक पूर्वाधार बनाउन बोर्डले निर्देशन दिएको थियो ।

पूर्वाधार तयार पारेकामध्ये पहिला २, बुधबार ६ सहित ८ वटाले अनुमति पाएका छन् । अब एउटा कम्पनीले अनुमति पाउन बाँकी रहेको छ । त्यसलाई पनि भदौभित्रै अनुमति दिने तयारीमा बोर्ड रहेको छ ।

बोर्डका अनुसार कम्पनीमा नबिल इन्भेष्टमेन्ट बैंकिङ, एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, एनआईबीए एस क्यापिटल र एनएमबी क्यापिटलले सञ्चालन अनुमति पाएका हुन् ।

बोर्डले यसअघि ग्लोबल इक्विटी फण्ड र अवसर इक्विटी फण्डलाई भेन्चर क्यापिटलको अनुमति दिइसकेको छ । त्यस्तै, आध्यान्त फण्ड लिमिटेडलाई पनि क्यापिटलको सञ्चालन अनुमित दिने कार्य अन्तिम चरणमा रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...