back

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँट, लक्की नम्बर ९ र ७ , यी ४ तरिकाबाट हेर्न सकिन्छ

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।

लघुवित्तको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल लक्ष्मणबाबु भवन काठमाडौंमा आज (बैशाख १५ गते, बिहीबार) बाँडफाँट गरिएको हो ।

आईपीओ बाँडफाँट गर्दा १० कित्ताका लागि लक्की नम्बर ९ परेको छ भने बाँकी रहेका ८ वटा कित्ताका लागि लक्की नम्बर ७ छनोट भएको छ ।

लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २२ लाख ५ हजार ६३३ जनाले २ करोड ४५ लाख २० हजार १४० कित्ताका लागि आवेदन दिएका थिए । तर विभिन्न कारणले ३ हजार २७२ जनाको ३६ हजार ४९० कित्ता आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार २२ लाख २ हजार ३६१ जना आवेदकको २ करोड ४४ लाख ८३ हजार ६५० कित्ता मात्रै सदर अर्थात् भेरिफाई भएको छ । सोही आधारमा आईपीओ बाँडफाँट गरिएको हो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ३६ हजार ९४८ जना आवेदकले मात्रै पाएका छन् ।

१० कित्ताका दरले बाँडफाँट गर्दा ८ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ८ कित्ता थप गरेर ८ जना आवेदकलाई ११ कित्ताका दरले दिईएको छ ।

लघुवित्तले बैशाख २ गते शुक्रबारदेखि बैशाख ६ गते मंगलबारसम्म चुक्ता पूँजीको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

जसमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको थियो ।

रिजल्ट हेर्न यहाँ क्लिक गरे ्हेर्र्नुहोस्।

https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check

https://meroshare.cdsc.com.np/#/login

https://iporesult.cdsc.com.np/

Home


डोलेश्वर रिसोर्टको आईपीओ तयारी

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:४१

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स...

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३३

काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ...

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८२ वैशाख ३० मंगलवार १५:३४

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

महुली लघुवित्तको ब्याजसँगै सञ्चालन आम्दानीमा उलेख्य वृद्धि

महुली लघुवित्तको ब्याजसँगै सञ्चालन आम्दानीमा उलेख्य वृद्धि

वि.सं.२०८२ वैशाख २५ बिहीवार १२:१८

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको...

सरकारले नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

सरकारले नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १८:३४

काठमाडौं । सरकारले राज्यले दिने सबै सेवा सुविधालाई अनलाइनमा सेवा...

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १०:१८

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले बैशाख ५ गतेदेखि निष्काशन तथा...