back

ठेगानाको सम्पूर्ण समाधान ‘कहाँ’ एपमा, अब सबै कहाँको उत्तर कहाँ एपले दिने

nactional life

काठमाडौँ । आईतबार ‘कहाँ’ एप सार्वजनिक भएको छ । जसले जहाँकही ठेगाना पत्ता लगाउन सहज हुनेछ । हामीहरुले कुनै अपरिचित क्षेत्रमा गएर त्यहाँको ठेगाना थाहा पाउन दोस्रो व्यक्ति विशेषलाई सोध्ने गरिन्छ । आफु पुग्नु पर्ने स्थानबारे कुनै जानकारी छैन भने, वा कुनै ठाउँको बारेमा जानुकारी लिनु छ भने हामी कहाँ भनेर सोध्छौं । कुनै ठाउँ, रेस्टुरेन्ट, घर, कार्यालय पुग्ने हामी सम्बन्धित ब्यक्तिसँग सोध्नु पर्छ । अब यी र यस्ता ठेगाना सम्बन्धि समस्या निराकरण गर्न ‘कहाँ’ एप सार्वजनिक भएको छ । जसले आफुले खोजेको ठाउँको बारे जानकारी दिने छ। कहाँ स्थानीयकण गरिएको एप हो । जुन नेपाली भाषामा समेत उपलब्ध रहेको छ र यसलाई प्रयोग गर्न निकै सहिजो पनि रहेको छ ।

मेसोभिजन टेक्नोलोजीले विकास गरेको यो ‘कहाँ’ एपले केहि क्लिकमै सोधिएका धेरै प्रश्नको उत्तर दिने छ । प्रविधिको चरम विकास भएको अबस्थामा पनि नेपालमा ठेगानालाइ डिजिटलाइज्ड गर्न सकिएको छैन । विदेशमा हेर्दा ठाउँको चिनारी दिन सडक, गल्ली, घरलाइ कोड नम्बर दिएर नक्सामा समावेश गरिएको पाइन्छ ।

कसेलाइ घरमा बोलाउनु पर्यो भने पहिले त्यस ब्यक्तिको लोकेसन सोधेर सवारी साधनमा फलानो ठाउँमा झर्ने त्यहाँबाट दायाँ लाग्ने, यस्तो रंगको घर देखिन्छ, त्यसलाइ छाडेर अर्को गल्ली लाग्ने भन्दै धेरै ठाउँको अबस्था बर्णन गरेर बोलाउनु पर्ने अहिलेको अबस्था छ । अनलाइनबाट सामान किन्दा डेलिभरी गर्ने ब्यक्तिलाइ त्यसै गरी आफ्नो लोकेसन देखाउनु पर्ने अबस्था छ । यस्तो समस्यालाइ समाधान गर्न कहाँ एप सार्बजनिक गरिएको यस एपको विकासकर्ता नारायणाबहादुर क्षेत्रीले बताए ।

कहाँ एपमा ब्यक्तिगत ठेगाना र आफ्नो ब्यवसायलाइ सूचिकृत गराउन सकिन्छ । आफ्नो ब्यवसाय सूचिकृत गरेपछि यसमा ब्यवसायको ठेगाना, तस्बिर, उत्पादनहरूलाइ ब्यक्ति स्वयंले एपमा राख्न सक्छ । त्यसलाइ अरू कहाँ प्रयोगकर्ताहरूलाइ बाँड्न सकिन्छ । यस एपलाइ प्रयोगकर्ता मैत्री बनाइएको छ । यसमा सन्देश आदानप्रदानको सुविधासमेत छ । आफ्नो समुदायमा भएका असामान्य घटनाहरू जस्तै दुर्घटनाको स्थान, चोरी, आगलागीलगायतका, खतरनाक गतिविधिहरू रिपोर्ट गर्न यस एपलाइ प्रयोग गर्न सकिन्छ । ब्यक्तिगत प्रयोगकर्ताहरूलाई ठेगानाका लागि स्थायी ट्यागहरू दिइनेछ । ती निजी हुनेछन्र ।,

कहाँ एपबाट आफ्नो ठेगाना नजिकै पाइने बस्तु तथा सेवाको जानकारी समेत पाउन सकिन्छ । कहाँ एपले प्रदान गर्ने ट्यागहरूमार्फत नजिकका, पसल, ग्यासँ डिपो, बालुवा डिपो, ब्युटीपार्लर, बार्वर सपलगायतका स्थानहरू खोज्न सकिन्छ । यसमा होटेल, रिसोर्ट्स, गेस्टहाउस, विद्यालयह, कलेजहरू, शैक्षिक सेवाजस्ता स्थायी ट्यागहरू त्यसमा हुनेछन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...